झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।  बिर्तामोडमा ५ बर्षदेखि सञ्चालनमा रहेको वडि ग्यारेजको आयोजनामा प्रतियोगिता गर्न लागिएको आयोजकले शनिबार पत्रकार भेटघाटमा जानकारी दिएको हो । 

प्रतियोगिताको माध्यमबाट व्यायमप्रति आकषर्ण र अभिरुचि जागृत गराउनका साथै नयाँ खेलाडी  उत्पादन गर्ने उद्देश्यले 

यहि जेठ १२ र १३ गते दोस्रो ‘मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसीप’ प्रतियोगिता गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए । प्रतियोगितामा ५५, ६०, ६५, ७०  र ७५ केजी भन्दा माथिको तौल समुहमा प्रतिष्पर्धा हुने उनले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुने ३ लाख ११ हजार १ सय ११, दोस्रोले २ लाख ५० हजार , तेस्रोले १ लाख ५० हजार , चौंथोले १ लाख र पाँचौं हुनेले ७५ हजार नगद , मेडल र ट्रफि प्राप्त गर्ने कार्यक्रम संयोजक राम दाहालले जानकारी दिए । 

साथै हरेक तौल समुहमा द्धितिय र तृतीय हुने खेलाडिलाई क्रमश १० हजार ५ सय प्रदान गरिने आयोजक समितिका सचिव राजेश गिरीले जानकारी दिए । 

प्रतियोगितामा सम्पन्न गर्न २४ लाख खर्च हुने अनुमान गरिएको छ ।  दोस्रो संस्करणमा करिब ६० जना प्रतियोगी खेलाडीहरु सहभागी हुने आयोजकले अपेक्षा राखेको छ । 

यो पटक खेलाडीहरुलाई आवतजावत भाडा र बिर्तामोडमा लजिङफुडिङको ब्यवस्था आयोजकले नै गर्ने जनाएको छ ।