नेपाल अलैंची ब्यवसायी महासंघले अलैंची कटिङ, ग्रेडिङ र प्याकेजिङमा संलग्न मजदुरलाई एक दिने  अभिमूखिकरण दिएको छ ।

महासंघको आयोजना तथा बिर्तामोड नगरको सहयोगमा आज मङ्लबार झापाको बिर्तामोडमा अलैंची कटिङ, ग्रेडिङ र प्याकेजिङमा संलग्न मजदुरलाई खाद्य स्वच्ता सम्बन्धी अभिमूखिकरण दिइएको हो ।

अलैंची खाद्य पदार्थ भएकाले यसको स्वच्छतामा ध्यान दिनुपर्ने भएकाले अलैंची प्रशोधन र प्याकेजिङमा संलग्न मजदुरहरुलाई एक दिने अभिमुखीकरण प्रदान गरिएको महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । 

341711126_643036284328578_8893219981403129091_n

खाद्य गुण नियन्त्रण कार्यालय झापाका प्रमुख नारायणप्रसाद भट्टराईले ८५ जना सहभागीलाई खाद्य स्वच्छता सम्बन्धी जानकारी दिएका थिए ।  अभिमूखिकरण तालिमको उद्घाटन एक कार्यक्रमकाबिच बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाईले गरेकी थिइन् ।  

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख  प्रसाईले कुनै पनि काममा निपूर्ण हुन र सफलता प्राप्त गर्न सो विषयमा जानकार हुनुपर्ने बताउंदै  अलैंची मजदुरको क्षमता अभिबृद्धि गर्न र उनीहरुको दक्षता अभिबृद्धि गर्न नगरले सहयोग गरेको बताइन् । 

कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले मजदुरको क्षमता अभिबृद्धि हुँदा निर्यातजन्य वस्तुको निर्यातमा सहजता आउने धारणा राखेका थिए । त्यस्तै अर्का केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले निर्यातजन्य वस्तुको उत्पादन र निर्यातका लागि सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा  बिर्तामोण उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले मनतब्य राखेका थिए । 

महासंघका अध्यक्ष निर्मल भट्टराइले  औचित्माथि  प्रकाश पारेको कार्यक्रममा स्वागत महासंघको पार्वता बिमली खरेलले गरेकी थिइन् ।

कार्यक्रममा अलैंची व्यवसायी महासंघले उद्योग बाणिज्य महासंघमा भर्खरै निर्वाचित केन्द्रीय सदस्यद्वय श्रेष्ठ र डालमियालाई सम्मान समेत गरेको छ । 

त्यस्तै, कार्यक्रममा महासंघका अध्यक्ष भट्टराईले मुलुकमा अलैंचीको खपत बढाउन तयार पारेको रेसिपी बुक समेत नगरप्रमुख महतारालाई हस्तान्तरण गरेको थियो । 

कार्यक्रममा महासंघले नगरपालिकाको सहकार्यमा वैदेशिक रोजगारीबाट फर्केकालाई अलैंची कटिङ, ग्रेडिङ र प्याकेजिङ तालिम दिएकाहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले गरेका थिए । उद्घाटन कार्यक्रमको समापन महासंघका बरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दलले गरेका थिए ।  कार्यक्रममा जर्मन नागरिक वी लुक, महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।