झापाको कनकाई नगरपालिकामा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटीको आयोजनामा यहि बैशाख १६ देखि २३ गतेसम्म कनकाई–५ स्थित तुलसीवारीको खेलमैदानमा प्रतियोगिता हुन लागेको हो ।
‘खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जन स्वास्थ्य हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ प्रतियोगिता गर्न लागिएको महासंघ कनकाई नगर कमिटी अध्यक्ष गोबिन्द सुवेदीले सुरुङ्गामा मंगलबार (आज) आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।
        
    
युवा पुस्तालाई लागूऔषध तथा दुब्र्यसनीको बाटोबाट टाढा राख्दै अनुशासित र संस्कारयुक्त जीवन यापनमा अभिप्रेरित गर्दै खेलकुदको क्षेत्रमा र खेलाडि उत्पादनमा टेवा पु¥याउन प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।
        
                        
            
        
    
प्रतियोगिताको बिजेता टिमलाई नगद ३१ हजार र उपबिजेता टिमलाई नगद २१ हजार रुपैयाँ पुरस्कारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने  महासंघका झापा  सचिब शुक्रराज भण्डारीले बताए ।  उनले प्रतियोगिता सम्पन्न गर्न अनुमानित २ लाख ८३ हजार ५०० रुपैयाँ खर्च हुने जानकारी दिए । 
प्रतियोगितामा नगरका ९ वटै वडाको सहभागीता रहने प्रतियोगिताका संयोजक पुर्णबहादुर लिम्बुले जानकारी दिए । प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि उचित पुरस्कार रहने पनि जनाइएको छ ।
        
    
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रबिन खरेल, नेकपा एमाले कनकाई नगर उपाध्यक्ष बिनोद राना, महासंघका कोशी प्रदेश सदस्य सरिता बुढाथोकी कार्की, महासंघका झापा अध्यक्ष भवानी वराल, कनकाई–२ का वडाध्यक्ष तथा महासंघका जिल्ला सचिवालय सदस्य प्रताप राई(बलराम) लगायतको उपस्थिति रहेको थियो ।
        
                    
        
        
                            
                                                            
        


        
        




































