सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले चौथो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा एनआरटीले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराएको हो ।
एनआरटीको जितमा सन्जिब विष्टले खेलको ३७ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । त्यसअघि खेलको ३५औँ मिनेटमा पाएको पेनाल्टीमा थ्री स्टारका सन्तोष साहुखल चुकेका थिए ।
एनआरटीका गौरव श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र पिटर सेगुनलाई लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । जितसँगै १३ खेलमा १६ अंक जोडेको एनआरटी लिगको आठौं स्थानमा रहेको छ । १३ खेलमा २२ अंक जोडेको थ्री स्टार दोस्रो स्थानमा रहेको छ ।।