झापाको बिर्तामोडमा विद्युतीय कार बीवाईडी कम्पनीको गाडी बिक्री शुरु भएको छ । बिर्तामोड–३  भगवान चोक स्थित पाँचतारे होटल द किङ्स वरी नजिकै रहेको  नटराज अटो प्रालिले गाडीको बिक्री शुरु गरेको हो । 

प्रा.लि . ले स्वरुमको औपचारिक उद्धघाटन नगर्दै बिक्री वितरण भने धमाधम गरिरहेको छ ।  सोही क्रममा बिर्तामोड–५ का मनिस धानुकाले बीवाईडीको अट्टो ३ मोडलको गाडी खरीद गरेका छन् । उक्त गाडी खरीदकर्तालाई राष्ट्रिय सभा सदस्य गोपाल बस्नेतले गाडीको चाबी हस्तान्तरण गरेका छन् । 

आज शनिबार एक संक्षिप्त कार्यक्रमकाबिच गाडी खरीदकर्ता धानुकालाई राष्ट्रिय सभा सदस्य बस्नेतले चाबी हस्तानतरण गरेको प्रा.लि. का सञ्चालक कुशल खतिवडाले जानकारी दिए । 

2 pic gadi

उक्त फूल इलेक्ट्रोनिक अटो  गाडीको मूल्य ९० लाख रुपैयाँ रहेको प्रा.लि. का अर्का सञ्चालक विकास बस्नेतले जानकारी दिए । 

 दुई सेगमेन्टमा उपलब्ध अर्को गाडीको मूल्य ६५ लाख रहेको छ भने गाडी एक पटक चार्ज गर्दा ४२० किलोमिटर कुद्ने सञ्चालक बिशाल बिमलीले जानकारी दिए । 

नटराज अटोमा बिर्तामोडका युवा व्यवसायी विशाल बिमली, विकास बस्नेत र कुशल खतिवडाको संयुक्त लगानी छ । उनीहरु लामो समय देखि अन्य व्यवसायमा पनि आबद्ध छन् । 

 हालसम्म विभिन्न मोडलका १२ वटा गाडी प्रा.लि.ले बिक्री गरिसकिएको र चाँडै शोरुम उद्घाटन गरिने पनि सञ्चालक खतिवडाले जानकारी दिए । साथै उनले पछिल्लो समय विद्युतिय सवारी मध्येको राम्रो  बीवाईडी कम्पनी भएका कारण यसको माग बढ्दो रहेको पनि उनले जानकारी दिए ।