बिर्तामोड  : गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को सेमी फाइनल राउण्डमा प्रवेश गरेका झापा बिर्तामोडका अर्नभ बनलाई भोटिङ गर्न ‘अर्नभ फर भ्याइस ग्रुप’ गठन भएको छ ।

बिर्तामोडका युवाहरुको समुहले ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को टप १६ मा पुग्न सफल अर्नभलाई भोटिङ गर्न सहज बनाउने उदेश्यले १५ सदस्यीय अर्नभ फर भ्याइस ग्रुप गठन गरेको मंगलबार ९आज० बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

१५ सदस्यीय गठन भएको अर्नभ फर भ्याइस ग्रुपको संयोजकमा अर्नभका बुबा आशिष बन छन् । त्यस्तै सदस्यमा प्रकाश लिङ्देन, बिशाल अग्रवाल, बिकास गिरी, आशा गुरुङ, मनिषजंग बस्नेत, बब रिजाल, आशिष बुढाथोकी, बप्पा साह, कबिन सापकोटा, प्रज्वल प्रधान, भिम सादेम्वा, निशान न्यौपाने, नोभेम्बर नेम्वाङ र बिनोद नेम्वाङ रहेका छन् । 

हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको लाइभ राउण्डमा स्वरका धनी अर्नभको प्रस्तुती र प्रशंसकको समर्थनका कारण उनी सेमी फाइनल राउडमा प्रवेश गर्न सफल भएका हुन् । 

सानैदेखि गीतसंगीतमा रमाउने अर्नभलाई भोट गरेर बिजेता बनाइदिन उनका बुबा आशिष बनले सवै समक्ष आग्रह गरेका छन् । उनले सवैको सपोर्टले यहाँसम्म आउन सफल भएकाले अझै सपोर्ट गरेर बिजेता बनाइदिन अनुरोध समेत गरेका छन् । 

टिम प्रविशामा रहेका अर्नभलाई बिजेता बनाउन अर्नभकी आमा जीना सापकोटा बनले पनि खल्ती एप्प डाउनलोड गरेर भोट गर्न सवैलाई आग्रह गरेकी छिन् ।