बिर्तामोड  : झापाको बिर्तामोड  ९ गरामनी स्थित श्री दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत ३१ जना छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ।

बिर्तामोड  ७ निबासी स्थानीय व्यवसायी  विष्णुकुमार चुडाल र आमा नरमाया चुडाल लगायत चुडाल परिवारद्वारा स्थापित स्वर्गीय दधिराम चुडाल स्मृति छात्रवृत्ति द्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। 

सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच  एक लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति  कक्षा ११ र कक्षा १२ मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई  प्रदान गरिएको हो। 

विद्यालयमा स्थापित छात्रवृत्ति कोष बाट पूर्ण छात्रबृति पाउने विद्यार्थीहरुमा दावा तामाङ, जीवन खनाल, कृष्ण चिमरिया,  रुपा ओझा,ममता ढुंगेल , कुरेसा खातुन, तन बिनय रेग्मी,  पूर्णिमा माझी र रेश्मा मगर रहेका छन्। उनीहरुले जनही रु ६  हजार नगद प्राप्त गरेका छन्।

यसैगरी अर्ध छात्रवृत्ति प्राप्त गर्नेहरुमा शान्ति उप्रेती, बिमला पाठक,  सन्ध्या राई, रीता  देवी चम्लागांई, यादव चौहान ,मनिषा भट्टराई,  विप्लव  घिमिरे,तीर्थबहादुर श्रेष्ठ, रहिमा खातुन , आरती कटुवाल, राम मुर्मु,  हिसिला मुर्मु , चन्द्र बहादुर कामी, कृतिका भट्टराई ,   शोनी राजवंशी प्रतिक श्रेष्ठ, दिपा बस्नेत , मातृका मगर, साइमा खातुन , साइबा खातुन,  रेखा राजवंशी र  प्रकाश खरेल रहेका छन्। उनीहरुले जनही रु ३ हजार प्राप्त गरेका छन्। 

उक्त छात्रवृत्तिका संस्थापक स्वर्गीय दधिराम चुंडालको श्रीमती नरमाया चुडाल र छोरा विष्णु कुमार चुंडालले नगद तथा प्रमाणपत्र विद्यार्थीहरुलाई प्रदान गरेका थिए । 

यसैगरी बिर्तामोड नगरपालिका वडा नम्बर ९ नडियाबारी  निबासी स्वर्गिय रत्न बहादुर खड्काको स्मृतिमा स्थापित स्व रत्न बहादुर खड्का स्मृति छात्रवृत्तिबाट दुई जना विद्यार्थीहरु पुरस्कृत भएका छन् ।  सो छात्रवृत्तिबाट बेनी माया रेग्मी ले रु १०  हजार र  सिर्जना भुजेलले रु ३  हजार प्राप्त गरेकी छन्। उक्त छात्रवृत्ति कोषका संस्थापक स्थानीय समाजसेवी काजी बुढाथोकीले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

छात्रवृत्ति वितरण समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डे ,विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटीले संस्थापक हरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए । 

संस्थापकहरु को तर्फबाट विष्णुकुमार चुडाल,   काजी बुढाथोकीले गरीब तथा जेहेन्दार विद्यार्थी हरुले पैसाको अभावमा अध्ययन गर्न बाट बन्चित हुनु नपरोस् भनेर उक्त छात्रवृत्ति स्थापना गरिदिएको बताएका थिए । कार्यक्रमको सञ्चालन  विद्यालयका शिक्षक उमानाथ भण्डारीले गरेका थिए ।