इलाम : नेपाल अलैँची व्यवसायी महासंघ इलाम जिल्ला शाखाको अध्यक्षमा मनोज घिमिरे निर्वाचित भएका छन् । आज शनिबार इलाममा सम्पन्न अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस अघिको समितिमा उनी उपाध्यक्ष रहेका थिए । कोभिडका कारण शाखा अध्यक्ष विजय खाकीको मृत्यु भएपछि अध्यक्षको पद रिक्त रहेको थियो ।
कार्यबाहक रहेका घिमिरेलाई अधिवेशनले अध्यक्षको जिम्मेवारी प्रदान गरेको नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।
त्यस्तै समितिको उपाध्यक्षमा युद्धबहादुर थापा , महासचिवमा आरसी नेपाल, सचिवमा दिनेश चन्द महत र कोषाध्यक्षमा सागर घिमिरे चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा चम्पा राई, लालबहादुर डांगी, अशोक अग्रवाल, हरि घिमिरे, नन्दलाल लुंइटेल, भोलानाथ वाइवा, जीवननाथ पाण्डे रहेका छन् । अन्य ३ जना सदस्य मनोनित गरिने पनि जनाइएको छ ।
निर्वाचित पदाधिकारीलाई महासंघका केन्द्रिय महासचिव तथा निर्वाचन समिति सदस्य नारायणप्रसाद चिमरियाले सपथ ग्रहण गराएका थिए ।
इलाम शाखाका मनोज घिमिरेको अध्यक्षता तथा महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत सहित कार्यक्रमको औचित्माथि महासंघका केन्द्रिय उपाध्यक्ष मात्रिका घिमिरेले प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि महासंघका अध्यक्ष भट्टराई, बिशिष्ट अतिथि महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे , महासंघका निर्वतमान अध्यक्ष तथा नेपाल कुचो संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य राजकुमार कार्की, अलैंची व्यवसायी तथा ने.उ.वा.का केन्द्रिय सदस्य दीपक नेपाल, नेपाल अलैंची व्यवसायी महासंघका करिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दल, उपाध्यक्ष सुवास भट्टराई, सचिव सुस्मा पौडेल भण्डारी, अलैंची विकास केन्द्र इलामका प्रमुख राजन परियार, अन्तराष्ट्रिय श्रम संगठनका गोपाल पौडेल, इलाम उद्योग वणिज्य संघका अध्यक्ष कृष्ण पौडेल, सहज कार्यक्रमका विष्णु काफ्ले लगायतले शुभकामना मनतब्य राखेका थिए ।
कार्यक्रममा नेपाल भेनीयर उत्पादक संघका केन्द्रिय अध्यक्ष दिपक पाण्डे लगायतको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासंघका केन्द्रिय सदस्य हेमन्त गौतमले गरेका थिए । इलामको सम्पन्न यो अधिवेशन संगै कोशी प्रदेशका ८ वटै जिल्लामा महासंघको जिल्ला समिति पुःनर गठन गरेर सकिएको महासंघका कार्यकारी अधिकृत अनील ढुङ्गानाले बताए ।
साथै उनले अलैंचीको पकेट क्षेत्र रहेका भोजपुर, इलाम लगायतका जिल्लाको भ्रमण अध्ययन पनि सम्पन्न भएको जानकारी दिए ।