सन्तोष न्यौपाने÷झापा 

सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरर्गत झापाको झापा गाउंपालिकामा निमार्ण गरिएका २ सय ३८ वटा आवास सम्बन्धीत घरधनीलाई हस्तानतरण गरिएको छ । 

बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल, ह्याविट्याट फर ह्यूम्यानिटी  नेपाल तथा झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा आर्थिक बर्ष २०७८÷०७९ र ०७९÷०८० मा  झापा गाउँपालिकामा निमार्ण गरिएका २ सय ३८ वटा आवास  आज सोमबार एक कार्यक्रमकाबिच उपभोक्ता समिति मार्फत घरधनीलाई हस्तानतरण गरिएको हो । 

कार्यक्रमको प्रमुख अतिथि ह्याविट्याट फर ह्यूम्यानिटी  नेपालको केन्द्रिय निर्देशक एलिजा स्थापित , सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, गाउंपालिकाका अध्यक्ष जयनारायण शाह, राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलक सिंह पाण्डे लगायतले पालिकाको ७ वटै वडामा निमार्ण गरिएका घरको सांचो तथा निमार्ण सम्पन्नताको प्रमाणपत्र संयुक्त रुपमा वितरण गरेका हुन् । 

‘विपन्न वर्ग परिवारलाई लक्षित गरी सुरक्षित, बलियो घर निर्माण गरिएको हो’ कार्यक्रमलाई सम्बोधन गर्दै सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले भने , सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिँदै आएको छ ।   ’

pic ghar hastantaran

बिगत लामो समय देखि यस झापा गाँउपालिकामा ह्याविटाट फर ह्यूमानिटी नेपाल, सहारा नेपाल तथा झापा गाँउपालिकाबिच त्रिपक्षिय साझेदारिमा सुरक्षित आवास कार्यक्रम संचालन हुँदै आईरहेको गाउंपालिका अध्यक्ष जयनारायण शाहले बताए ।  

पालिकाले पनि आवास कार्यक्रम गरिरहेको बताउंदै यस्ता दातृनिकायको सहयोगले पालिकालाई ठुलो राहात मिलेको उनले बताए । 

ग्रामिणभेगमा बस्दै आएका अत्यन्तै न्यून आय भएका नागरिक, जसको घरको अवस्था बस्न लायक छैन, त्यस्ता व्यक्तिहरु छनौट गरी उनीहरुको लागि स्थानीय तह र सहारा नेपालको साझेदारीमा यो कार्यक्रम लागु गरिंदै आएको ह्याविट्याट फर ह्यूम्यानिटी  नेपालको केन्द्रिय निर्देशक एलिजा स्थापितले बताइन । उनले सहारा नेपाल विपन्न तथा गरिबको रेखामुनी रहेको समुदायसंग प्रत्यक्ष जोडिएकाले गर्दा पनि सहारासंग सहकार्य गरेको बताइन् । 

सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा काम गर्दै आएको सहारा नेपालका लेखा अधिकृत राजु गिरीले बताए । उनले कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुरमा साझेदारीमा परियोजनाले आवास निर्माण सहित अन्य काम गर्दै गरेको जानकारी दिए । 

२०१९ देखि हालसम्म झापा गाउँपालिकामा ८ सय ४१  वटा घर निर्माण भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र थपलियाले  बताए । 

उनका अनुसार आर्थिक बर्ष ०७७ ÷ ७८ मा बनेका १ सय १३ घरमध्ये प्रति घरको  कुल लागत २ लाख २८ हजार ९९ रुपैंया खर्च भएको छ ।  जसमा प्राविधिक र सामाजिक परिचालन सहयोग ह्याविटाट फर ह्युमानिटि नेपाल र सहारा नेपाल बाट प्रति घरकालागि ५० हजार  रकम उपलब्ध गराएको थियो । 

त्यस्तै आ.व. ०७८÷ ७९ मा बनेका १ सय २५ घर मध्ये प्रति घर कुल लागत रु २ लाख ४५ हजार २ सय ८८ खर्च भएको छ । जसमा ह्याबिट्याट नेपाल र सहारा नेपाल बाट प्रति घर रु ८० हजार उपलब्ध भएको छ । 


कार्यक्रममा पालिकाले विपन्नको आवास निर्माण  तथा  पालिकाको समग्र विकासको लागि सहयोग पुर्याएको भन्दै  ह्याविटाट फर ह्यूमानिटी नेपाल, सहारा नेपाललाई पालिकाले प्रशंसा पत्र समेत प्रदान गरेको कार्यक्रम संयोजक मात्रिका सुवेदीले बताए । 

पालिका उपाध्यक्ष अन्जु थपलियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन पालिकाका कर्मचारी उदय मैनालीले गरेका थिए ।  

जीविकोपार्जनका लागि अर्काको खेतबारीमा ज्याला मजदुर गर्दै आएका स्थानीय बस्नका लागि सुरक्षित घर पाएपछि दंग परेका छन् ।