नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन । आज अपरान्ह काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरुले ठूला दलका नेताहरुले मिलेर सो प्रकरणमा संलग्नहरुलाई पनि उन्मुक्ति दिन सक्ने भन्दै त्यसो नगर्न खबरदारी गरेका हुन ।
सो प्रकरणलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले नै धोका दिन सक्ने भएकाले आफूहरुले पनि दवाव आन्दोलन सुरु गर्नु परेको प्रदर्शनमा सहभागीको भनाइ छ ।
नक्कली शरणार्थी प्रकरणलाई ढाकछोप हुन नदिन आफूहरुले दवाव आन्दोलन सुरु गर्नु परेको अगुवाहरुले बताएका छन । उनीहरुले देशलाई बदनाम हुन नदिन आफूहरु पनि लागिपर्ने चेतावनी समेत दिएका छन ।
नागरिक अभियन्ताहरुले भ्रष्टाचार र अपराधका नायक ठूला दलका नेताहरुनै भएको आरोप लगाउँदै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन ढिलाई गर्न नहुने पनि बताएका छन । त्यसक्रममा उनीहरुले सो प्रकरणको विरोधमा लेखिएका प्लेकार्डहरु प्रर्दशन गरेका थिए ।।