मकै खेतीमा उन्नत प्रविधि बिषयक जिल्ला स्तरीय कृषक तालिम झापामा सुरु भएको छ । यहि २७ गतेबाट झापाको झापा गाउंपालिका ३ स्थित कामाटोलीमा मकै खेतीमा उन्नत प्रविधि सम्बन्धी तालिम सुरु भएको होे ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना र्कान्वयन इकाई, झापाको आयोजनामा भइरहेको तालिम यहि बैशाख २९ गते सम्म सञ्चलान हुने तालिम संयोजक तथा परियोजना र्कान्वयन इकाई, झापाका प्राविधिक साहयक रबिन निरौलाले जानकारी दिए ।
तालिममा २९ जना कृषक सहभागि छन् । उनीहरुलाई कृषि विकास फर्म , चन्द्रडांगीका वाली विकास अधिकृत नारायण काफ्ले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले प्रशिक्षण दिइरहेका छन् ।
मकैको गुणस्तरीय जातहरु तथा तीनका विशेषता , मकैमा लाग्ने प्रमुख रोग, कीरा तथा तीनको व्यवस्थापन, मकै बालीमा एकृकित खाद्ययतत्व व्यवस्थापन लगायतका बिषयमा कृषकलाई तालिममा प्रशिक्षण गराइएको थियो ।
झापा गाउंपालिकाको ७ वटै वडामा मकै जोन कार्यक्रम चलिरहेको छ ।