राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ नेता र कर्मचारीहरुको सम्पती छानबिनको माग गरेको छ । शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पती छानबिन गर्न माग गरेका हुन् । राप्रपाले विगतमा भएका ठूला–ठूला भ्रष्टाचार काण्डको फाइल खोल्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय जगतको पनि संलग्न भएको उल्लेख गरेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

प्रमुख सचेतक शाहीले राप्रपाले आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि ज्ञानपन पत्र बुझाएर प्रधानमन्त्रीलाई दबाब दिइएको बताए ।