हल्दिबारी : झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हल्दिबारीको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
संस्थाले आज आईतबार हल्दिबारी १ गोलधापमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तानतरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि हल्दिबारी गाउंपालिका अध्यक्ष रबिन्द्र लिङ्देन , संस्थाका अध्यक्ष सुवास भट्टराई, संस्थाका कार्यकारी प्रमुख कमल बस्नेत लगायतले विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।
विपन्न समुदायका विद्यार्थी अध्ययन गर्ने साुमदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा टेवा पु¥याउने उदेश्यले संस्थाले ५० थान स्कूल ब्याग, २ सय १५ थान टाई र २ सय २० थान बेल्ट प्रदान गरेको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तथा सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीलाई आवश्यक सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।
प्रमुख अतिथि लिङ्देनले कार्यक्रमलाई सम्बोधन गर्दै सिम्रिक साकोसले गरेको सहयोगको प्रशंसा गरेका छन् । उनले स्थानीय सरकारले गर्नु पर्ने काम साकोसले गरेको भन्दै यस्तो सहयोगले सरकारलाई पनि टेवा पुग्ने बताए ।
शैक्षिक सामाग्री सहयोग वितरण कार्यक्रममा हल्दिबारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष देवि प्रसाद थापा , हल्दिबारी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जनक कुमारी राई
संस्थाको सचिव ईन्द्र बहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, विभागिय प्रमुख प्रेम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।