झापा : झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड ७ स्थित बिरानमा रहेको लक्ष्मी आधारभुत विद्यालयका विद्यार्थीलाई किताब बोक्ने झोला वितरण गरेको छ । 

आज सोमबार एक कार्यक्रमकाबिच सो विद्यालयका १ सय ९१ जना विद्यार्थीलाई किताब बोक्ने ब्याग संस्थाले वितरण गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड ७ का वडाध्यक्ष कृष्ण अबिरल खरेल , संस्थाका अध्यक्ष सुवास भट्टराई,  कार्यकारी प्रमुख कमल बस्नेत लगायतले संयुक्त रुपमा विद्यार्थीलाई व्याग प्रदान गरेका हुन् । 

सामाजिक उत्तरदायित्व बहन गर्दै सामुदायिक विद्यालयको शैक्षिक सुधारकालागि  सहयोग गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनले संस्थाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता राखेर काम गर्दै आएको बताए । 

news sim 211

विपन्न विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा टेवा पु¥याउन तथा विद्यार्थीलाई किताब व्यवस्थापनमा सहजता प्रदान गर्न संस्थाले सहयोग गरेको कार्यकारी प्रमुख कमल बस्नेतले बताए । उनले संस्थाले नाफा मात्र कमाउने नभई सामाजिक उत्तरदायित्व पनि निभाउने बताए । साथै उनले पछिल्लो समय केहि सहकारी संस्थाको कारण सिंगो सहकारीको बदनाम भइरहेको बताउंदै सबैलाई एकै नजरले नहेर्न आग्रह समेत गरे । 

करीब १ सय भन्दा बढी अभिभावक सहभागि कार्यक्रममा उनले सिम्रिकले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा झापा , मोरङ, पाँचथर र इलाम जिल्लामा रहेका ४९ वटा सेवा केन्द्र मार्फत सदस्यलाई सहयोग गर्दै आइरहेको जानकारी दिए । 

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उनले ३२ करोड शेयरपुंजी रहेको संस्थामा ५८ हजार बढी शेयर सदस्य रहेको बताउंदै त्यस मध्ये झण्डै १० हजार बालबालिका रहेको पनि बताए । उनले हल्लाको पछि नकुद्न पनि स्थानीयलाई आग्रह गरे । 

विद्यालय व्यवस्थापन समिति मेदनीप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष खरेल, अभिभवाक तथा ७ नम्बर वडा सदस्य हिमलत्ता विश्वकर्मा लगायतले सिम्रिकले गरेको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा सिम्रिकका शिक्षा उप समिति सदस्य बद्री प्याकुरेल, संस्थाका सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट लगायतको उपस्थिति रहेको थियो । लक्ष्मी आधारभुत विद्यालयका प्र.अ. गेहनाथ लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिम्रिक साकोसको बिभागीय प्रमुख बिजय बस्नेतले गरेका थिए । 

साथै सोहि कार्यक्रमकाबिच शैक्षिक सुधार कार्यक्रम अन्तरगर्त बिर्तामोड वडा ७ ले वडाको तर्फबाट विद्यार्थीलाई अतिरिक्त पोशाक(हाउस ड्रेस) बितरण गरेको थियो । वडाध्यक्ष खरेलले विद्यालयका प्र.अ. तथा व्यवस्थापन समितिलाई उक्त पोशाक प्रदान गरेका थिए ।