सन्तोष न्यौपाने÷झापा
पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पूर्वपश्चिम राजमार्गले छोएको झापाको बिर्तामोड १ भगवान चोकमा करीब दुई बर्ष अघि २ अर्ब बढीको लगानीमा सुविधा सम्पन्न क्यासीनो सहित सञ्चालनमा आएको पाँचतारे होटल द किङ्स वेरी छोटो समयमा नै आन्तरीक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको छ ।
आन्तरीक संगै बङ्गलादेश, भुटान र भारतीय पर्यटकलाई लक्षित गरी काठमाण्डौं निवासी युवा व्यवसायी तथा समाजसेवी प्रकाश गौतमले उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।
मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन र यस क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटल नहुंदा धेरै आन्तरीक तथा बाह्रय पयर्टकहरु अन्यन्त्रै गएर बस्नु पर्ने बाध्यता देखेर त्यसको अन्त्यकालागि पाँचतारे होटल खोलेको सञ्चालक प्रकाश गौतम बताउंछन् ।
चन्द्रगढी विमानस्थलबाट १४ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा अवस्थित होटल किङ्स वेरीमा हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुल, बार र रुफ टम रेस्टुरेन्ट, ग्रीन गार्डेन, क्यासीनो लगायतका सुविधा छन् । जसका कारण पनि होटल सबैको रोजाइमा परेको होटलका अर्पे्रशन म्यानेजर विश्वदेव ढुङ्गेलले जानकारी दिए ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाह, पुर्व युवराज पारस शाह सहित बिभिन्न राजनीतिक दलका शीर्ष नेता सहित विदेशी पाउनाहरुको यो होटलले सत्कार गरिसकेको छ ।
सेवा सुविधा राम्रो भएकै कारण देशका बिभिन्न क्षेत्रबाट पनि आगन्तुक पाहुनाहरु आउने गरेका छन् । बिर्तामोड क्षेत्रमै पहिलो पटक खोलिएको पाँचतारे होटलले यस क्षेत्रको व्यवसायमा टेवा पु¥याउने अपेक्षा व्यवसायीक संघ संगठनहरुले लिएका छन् । झापाकै गहनाको रुपमा रहेको यस होटलले अहिले पनि संयौ जनालाई रोजगारी दिएको छ । स्थानीय क्षेत्रमा रोजगारी पाउंदा युवाहरु खुसी भएका छन् ।
सञ्चालक गौतम आफु पूर्व घुम्न आएको सयमा सुविधा सम्पन्न स्तरीय होटलको अभाव देखिपछि आफैंले यस क्षेत्रमा होटल खोलेका हुन् । पछिल्लो समय जिल्लामा भइरहेका बिभिन्न सामाजिक कार्य संगै व्यवसायीक, खेलकुद र स्वास्थ्यको क्षेत्रमा पनि होटलले सहयोग र समन्वय गर्दै आएको छ ।
अहिले दैनिक सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम भइरहने उक्त होटलमा ८५ भन्दा बढी सुविधासम्पन्न कोठाहरु छन् ।