झापाको बिर्तामोडमा जारी तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा खेलमा आयोजक न्यु स्टार क्लब खोपबाडि बिजयी भएको छ । आज भएको फाईनल खेलमा आयोजक न्यु स्टारले २–० गोल अन्तरले मोरङको जनसहयोग युवा क्लबलाई हराउदै जित हात पारेको हो ।
खेलको दोस्रो हाफमा मोरङ जनसहयोग युवा क्लबका सुजन चौधरी रातो कार्ड खादै बाहिरेर पाएको फ्रि किक आयोजकका रोमन भूजेलले गोल गर्दै अग्रता बनाएका थियो । त्यसै गरि आयोजकले नै पाएको दोस्रो हाफको २५ आंै मिनेटमा बबिन बोहोराले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको थिए ।
जितसंगै विजेता न्यु स्टार क्लबले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेता जनसहयोग युवा क्लब मोरङले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाएको छ ।
खेलको उत्कृष्ट गोल किपर आयोजकका सञ्जय गुरुङ्ग, वेष्ट फरवार्डमा आयोजकका विश्वास लावति, यसै गरि म्यान अफ द सिरिज सनम राई, म्यान अफ द म्याच रोमन भुजेल, राईजिङ्ग प्लेयर करण लिम्वु, हाई स्कोरर बबिन बोहोरा, बेष्ट डिफेन्समा सनम लिम्वु आयोजकले प्राप्त गरेको छ ।
बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा बैशाख ३० गतेबाट सुरु भएको थियो । गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो ।