जिल्लामै पहिलो पटक प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता आजबाट झापाको विर्तामोडमा सुरु भएको छ । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सुरु भएको यस प्रतियोगिताको उद्घाटन विर्तामोड नगरपालिकाकी मेयर पवित्र महतरा प्रसाईले गर्नु भयो । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ ।
आज ११ खेलसंगै क्वाटर फाईनल खेल सम्पन्न हुनेछ । भोली सेमि र फाईनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिर्तामोड नगरभित्रका व्यावसायिक तथा सामाजिक संस्था सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ,
ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद पचास हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने समिति अध्यक्ष विकास गिरीले जानकारी दिए ।
त्यस्तै, खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई ५१०० रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले २१०० रुपैयाँ पाउने छन्