कोशी प्रदेश सहित देशमै बाह्य पर्यटक भित्र्याउने उदेश्य सहित ‘नेपाल प्रवधर्न कार्यक्रम २०२३’ गर्न लागिएको जनाइएको छ ।  

नेपाल टुरिजम वोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा कोशी प्रदेशको  सहआयोजनामा जेठ ८ गतेदेखि १३ गतेसम्म भारतको शिलिगुढी, आसामको गुवाहाटी र मेघालयको सिलोंगमा नेपाल प्रवद्र्धन कार्यक्रम गरिन लागिएको शनिबार आयोजित पत्रकार भेटघाटमा जनाइएको हो । 

नेपाल टुरिजम वोर्डका सेल्स एण्ड मार्केटिङ म्यानेजर सूर्य थपलियालका अनुसार भारतीय पर्यटकहरु कोशी प्रदेश सहित देशमा भित्र्याउने उदेश्यले कार्यक्रम गर्न लागिएको हो । 


भारतको शिलगढी, आसामको गुवाहाटी र मेघालयको सिलोंगमा रहेका ट्राभल एजेन्सी, ठूला होटलका सञ्चालक, कर्मचारी, विभिन्न व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तिहरुसंग विजनेस टु विजनेस कार्यक्रम गरिने नाटा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले बताए । 


कोशी प्रदेश तथा नेपालमा वढीभन्दा वढी भारतीय पर्यटक भित्र्याउन उनीहरुलाई नेपाल घुम्न आउन प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको उनले बताए ।


कार्यक्रममा नेपाल टुरिजम वोर्डका अधिकृत गोपाल भण्डारी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स लगायत सहभागि हुनेछन् । 

भारतीय पर्यटकलाई कोशी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रका बिषयमा जानकारी प्रदान गर्दै उनीहरुलाई ती क्षेत्र घुम्न आग्रह र अनुरोध गर्ने नाटा कोशी प्रदेशका महासचिव नविन खरेलले जानकारी दिए । साथै उनले व्यवासायीले भोग्नु परेका आर्थिक कठिनाईलाई केहि सहज हुने अपेक्षा सहित कार्यक्रम गर्न लागिएको बताए । 


नाट्टा कोशी प्रदेशका सल्लाहकार शेखर ढकाल लगायतले आफ्नो धारणा राखेका थिए ।