कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलालाई अलैंची व्यवसायीले व्यवसायी र कृषकको समस्याबारे जानकारी गराएका छन् ।
झापाको बिर्तामोडमा आज आइतबार नेपाल अलैंची व्यवसायी महासंघले मन्त्री सिटौलालाई बधाई तथा सम्मान ज्ञापन गर्दै व्यवसायी र कृषकको समस्याबारे अवगत गराएको हो ।
कार्यक्रममा अलैंची व्यवसायीको गुनासोको सम्बोधन गर्दै मन्त्री सिटौलाले अलैंची कृषक तथा व्यवासयीको समस्याका बारेमा आफु जानकार रहेको बताउंदै उनले नेपालमा अलैंची विज्ञ नरहेकाले अलैंची विज्ञ उत्पादन गन जरुरी रहेको बताए ।
मन्त्री सिटौललो आफू पनि अलैंची कृषक भएकाले अलैंचीको समस्याबारेमा जानकार रहेको बताउंदै उनले अलैंची क्षेत्रमा देखिएको समस्या समाधानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । अलैंची उत्पादन सम्बन्धी शिक्षाको आवश्कता रहेको सो तर्फ सबैको ध्यान जानुपर्ने उनको भनाई थियो ।
अलैंची प्रबद्र्धनका लागि व्यवसायीले वेयर हाउस, सहुलियत ऋण लगायत विविध क्षेत्रमा कुरा उठाए पनि प्रदेश सरकारले उत्पादनमुखी अनुदान दिने उनले बताए । अलैंची व्यवसायीहरुले कर छल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै त्यस्तो नगर्न उनले आग्रह समेत गरेका थिए ।
राजनीतिक दलका कार्यकर्ता भ्रष्ट हुँदा कागजी रुपमा झोलामा खेती गर्नेहरुले अनुदान पाइरहेको र वास्तविक कृषक सरकारले दिने अनुदान लगायतका सहुलियतबाट बञ्चित रहेको भन्दै उनले त्यस प्रति आफु सहज रहेको बताए ।
कार्यक्रमा महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले मुलुकमा उत्पादन भएको ९८ प्रतिशत अलैंची बाह्य देशमा निर्यात हुने गरेको बताए । भारत लगायतका मुलुकबाट सुकमेल आयात भइरहँदा सोही प्रकारको उत्पादन अलैंची नेपाली बजारमा खपत नभएकाले खपत बढाउने र तेस्रो मुलुक निर्यात गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिएका थिए ।
उनले अलैंची खपतलाई स्वदेशमा नै बढाउन पनि महासंघको पहलमा काम भइरहेको जानकारी दिए । बांदर आतक, सिंचाईको अभाव, हेवर हाउसको अभाव, प्राविधिकको अभाव, किराको प्रकोप लगायतका समस्याले अलैंची खेती तथा व्यसाय प्रति कृषक तथा व्यवसायीको रुचि घट्दै गएको बताउंदै उनले मन्त्रि समक्ष यी समस्या हल गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा स्वागत गर्दै महासंघका उपाध्यक्ष सुवास भट्टराईले निर्यातजन्य कृषि वस्तुमा अलैंचीले प्रमुख भूमिका निर्वाह गरेकाले अलैंचीको प्रबद्र्धन, बजारीकरण र निर्यात सहज बनाउन सरकारले स्वामित्व ग्रहण गर्नुपर्नेमा जोड दिएका थिए ।
महासंघका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दलले गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघको महासचिव नारायणप्रसाद चिमरियाले गरेका थिए ।
कार्यक्रममा मन्त्री सिटौलालाई मायाको चिनो तथा अलैंचीको बिषयमा सम्पूर्ण जानकारी समावेश गरिएको तथा स्वदेशमै अलैंचीको खपत बढाउन तयार पारिएको रेसिपी बुक समेत प्रदान गरिएको थियो ।