नेपाल क्रिकेट संघ क्यानले आईसीसी क्रिकेट वल्र्डकप छनोटका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनिक गरेको छ । जिम्बाबेमा आगामी महिना हुने छनोट खेलका लागि क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीको प्रशिक्षण भोलीवाट सुरु हुने क्यानले जनाएको छ । टोलीमा कप्तान रोहितसहित कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आशिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा र सोमपाल कामी समेटिएका छन । त्यस्तै करण केसी, सन्दीप लामिछाने रहेका छन्।
त्यस्तै, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र अविनाश बोहरा पनि टोलीमा परेका छन ।
गत फागुन–चैतमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम तीन वटा श्रृंखलामा प्रभावशाली प्रदर्शन गरेर नेपालले एकदिवसीय मान्यता जोगाउँदै जिम्बाबेमा हुने विश्वकप छनोटमा पनि स्थान पक्का गरेको थियो । चार टेस्ट राष्ट्रसहित १० टिमको सहभागिता हुने विश्वकप छनोट जिम्बाबेमा आगामी जुन १८ देखि शुरू हुँदै छ ।
छनोटमा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई, अमेरिका र वेस्ट इन्डिज गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
छनोटबाट दुई टोलीले अर्को वर्ष भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् । छनोटअघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्नेछ ।