बिश्व जैविक विविधता दिवसको अवसर पारेर फरेस्ट एक्सन नेपालले जलथल जैविक विविधता समेटिएको वृतचित्र प्रदशनी गरेको छ । कार्यक्रमका प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले सोमबार वृतचित्रको उद्धघाटन गरेका हुन् । वृत्तचित्र युट्युवमा पनि सार्वजनिक गरिएको जनाइएको छ।
त्यसैगरी जैविक विविधता दिवसको अवसरमा जलथलमा २३ काम शिर्षकमा भएको चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सिग्मा इङलिस स्कुलका विद्यार्थीहरू सोनिक तामाङ र नम्रता राजवंशी, द्धितीय स्थान हासिल गर्ने हल्दिबारी माविका किशोर फागो र
तृतीय हुने पशुपति माविका पारस राजवंशी र हिमाली माविका प्रिया सिंहलाई पुरस्कार वितरण गरिएको थियो। जलथल क्षेत्रमा ईको कल्ब गठन भएका हिमाली मावि, पथरिया मावि, हल्दिबारी मावि, पशुपति र लक्ष्मी माविलाई शैक्षिक सामग्री पनि वितरण गरिएको छ।
पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा, डिभिजन वन कार्यालयका निमित्त प्रमुख नथुनी
यादव, फेकोफन झापाका उपाध्यक्ष चन्द्र तामाङ्ग,सव डिभिजन वन कार्यालय रंगेडाडाका प्रमुख राजु खडका, रेडक्रस जलथलका सभापति रेम खरेल, वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेललगायत विभिन्न वन समूहका अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरू, विधार्थीहरूको उपस्थिति रहेको थियो।