सन्तोष न्यौपाने

झापामा नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रुपमा रहेको सौर्य विद्युत परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाक्षी योजनासहित साढे तीन वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले परियोजनाको काम दुत्र गतिमा अघि बढाएको हो ।

दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाक्षी योजनासहित साढे तीन वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले काम दुत्र गतिमा अगाडि बढाएको हो ।

शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको २२ विगा जमिनमा रहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको झापा इनर्जी लिमिटेडको प्रबन्ध सञ्चालक सुवास भट्टराई बताए । उनका अनुसार  हाल परियोजना स्थलमा २१ हजार ८४० थान प्यानल स्टेन राख्ने संरचना निर्माण गरिसकिएको छ । आगामी असोज १ गतेबाट सौर्य उर्जा उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

कूल ८० करोड लागतमा निमार्ण हुने परियोजनामा ७० प्रतिशत बैंक कर्जामार्फत तथा ३० प्रतिशत नागरिक मार्फतको स्रोत व्यवस्थापनबाट काम भइरहेको हो । उत्पादित विद्युत एक किलोमिटर नजिक रहेको नेपाल विद्युत प्राधिकरणको शिवगञ्ज ग्रिडमा राष्ट्रिय प्रशारण लाइनमा जोडिने सञ्चालक पवित्रा महत्तरा प्रसाईले बताइन । 

उर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र उर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइएको पनि जनाइएको छ । उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट ७ रुपैया ३० पैसाका दरले बिक्री गर्ने कम्पनीको योजना छ । उत्पादित विद्युत सरकारलाइ बिक्री गर्ने गरि नेपाल विद्युत प्राधिकरणसँग विद्युत विक्री सम्बन्धी कम्पनीले पीपीए सम्झौता पनि गरिसकेको छ ।

कम्पनीका अनुसार परियोजनाबाट वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । जसबाट आयोजनाले बार्षिक १२ करोड बढी आम्दानी गर्ने लक्ष्य लिइएको छ । जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि जिल्लामा पनि स्थापना गरिएको हो ।