सन्तोष न्यौपाने÷झापा
देशको व्यापार घाटा हरेक वर्ष बढ्ने गरेको छ । उत्पादनमुखि अर्थतन्त्र नहुँदा हरेक सामानमा परनिर्भरता कायम छ । यस्तै पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालु आर्थिक बर्षको १० महिानामा निर्यातको तुलनामा आयात २० अर्बले बढी भएको हो ।
पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालु आर्थिक बर्षको १० महिानामा निर्यातको तुलनामा आयात २० अर्बले बढी भएको हो ।
चालू आर्थिक वर्ष २०७९÷०८० को १० महिनाको अवधिमा रू ३८ अर्ब ८९ करोड ४२ लाख १० हजार बराबराको विभिन्न सामग्री आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्क छ ।
सोही अवधिमा रू १८ अर्ब १९ करोड ७३ लाख ६८ हजार बराबरको विभिन्न वस्तु निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
आयातको तुलनामा निर्यात नगन्य हुंदा भन्सारले राजश्व संकलनको लक्ष्यसमेत पूरा गर्न सकेको छैन । सरकारले दिएको लक्ष्यको तुलनामा कार्यालयले ७० प्रतिशत राजश्व संकलन गरेको छ । कार्यालयले उक्त अवधिमा रू १६ अर्ब ६५ करोड २५ लाख ६५ हजार राजश्व संकलनको लक्ष्य पाएकोमा रू ११ अर्ब ६१ करोड १९ लाख ४७ हजार राजश्व संकलन गरेको उनले बताए ।
काँकरभिट्टा नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये पेट्रोलियम पदार्थ, जुट , एलपी ग्यास ,भटमासको पिना, तरकारीजन्य वस्तु , जिप्सन , कोइलाजन्य पदार्थ , दाल कपडा र अल्किड रेजिन लगायत पर्छन् । त्यस्तै काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैंची , चिया, फलामजन्य सामग्री , प्लाइउड (अम्रिसो, अदुवा , पशु आहार लगायत छन् ।