झापाकोे बिर्तामोडमा एउटा व्यवसायिक कम्प्लेक्स थपिएको छ । बिर्तामोड ५ को धर्मकाँटा रोडमा मायादेवी कम्प्लेक्स सञ्चालनमा आएको हो ।

पूर्व पश्चिम राजमार्गसँग जोडिएको कम्प्लेक्स पाँच तलाको छ । बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले कम्प्लेक्स निर्माण गरेका हुन् ।

आज बिहीवार बिहान आयोजित संक्षिप्त समारोहकाबीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महतारा प्रसाई र सञ्चालक भट्टराईकी आमा मायादेवीले संयुक्तरुपमा कम्प्लेक्सको उद्घाटन गरेका छन् ।

7777

भवनको दोस्रो तलामा एभरेस्ट लार्ज कार्डमम प्रालि, पूर्वाञ्चल इन्भेस्टमेन्ट प्रालि, मेची पोल्ट्री प्रालि र एनएस प्रालिको कर्पाेरेट अफिस सञ्चालनमा  आएका छन् । व्यवसायीक प्रयोजनकालागि भट्टराईले सुविधा सम्पन्न कम्प्लेक्स निमार्ण गरेका हुन् । 

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका सञ्चालक भट्टराईका अनुसार कम्प्लेक्सका तल्लो तलमा एभरेष्ट बैंकले सेवा दिइरहेको छ ।  

8999

 अन्य कबल भाडामा लिएका वा खरिद गरेका व्यवसायीले पनि व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटका काम धमाधम गरिरहेका छन् ।  एकै ठाउं सम्पूर्ण व्यवसायीक सेवा प्रवाह गर्ने हेतुले भट्टराईले कम्प्लेक्स निमार्ण गरेका हुन् । 


pic anjela jhapa