झापा :  अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष धानको बीज बृद्धी गर्ने योजना अघि सारेको छ ।

धानको बीउमा नगरक्षेत्रका कृषकलाई आत्मनिर्भर बनाउन ८० विगाह क्षेत्रफलमा  धानको  रैथाने जातको बीऊ मात्र नभई वीउ, विक्री गरेर कृषकको जीवनस्तर उठाउने योजनाले अघि सारेको हो । धानसंगै सहकारीले रैथाने जातको मकैको बीऊ समेत उत्पादन गर्न कृषकलाई सहयोग गरिरहेको सहकारीका अध्यक्ष प्रत्युस राना मगरले जानकारी दिए ।

सहकारीले नगरका कृषकसंग बीज बृद्धीका लागि दुई दिने कार्यशालाको आयोजना गर्दै सहकारीले गर्ने कार्यक्रमकका बीषयमा जानकाी गराइयो ।  

कार्यशालाको उद्घाटन कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले गरेका छन् । कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिटौलाले नेपाल कृषि प्रधान देशमा बाह्य देशबाट खाद्यन्य लगायतका बस्तु आयात बढ्दो रहेकाले यसलाई रोक्न लाग्नु पर्ने बताए ।

उनले कृषिमा भविश्य भएपनि कृषि पेशा अंगाल्नेहरुले नबुझिकन कृषि पेशा गरेका कारणले कृषकले वर्षेनि  ठूलो  व्यहोर्नु परेको बताए । मन्त्री सिटौलाले कृषि कर्म गर्दा सम्वन्धित वालीको विषयमा पर्याप्त  ज्ञान लिएर मात्र  पेशा अंगाल्न सुझाव दिए ।

कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले तामाङले अर्जुनधारा नगरपालिका कृषिमा आधारित नगर भएको बताउँदै कृषकलाई कृषि उत्पादनमा सहयोग पु¥याउन विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले भने – अहिलेको प्रविधिको प्रयोग गर्दै उन्नत जातका बीऊ विजन उत्पादनमा जोड्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।

नगर क्षेत्र भित्र उत्पादन भएका बस्तुले अहिले बजार नपाउने गरेको बताउँदै बजारको खोजी गर्न संघीय सरकार र प्देश सरकारलाई आग्रह गरे । स्थानीय सरकारको बजेटले मात्रै नगरले लिएको लक्ष्य सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकार संग समन्वय र सहयोग पु¥याउन तामाङको आग्रह छ ।

नगर बिकास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रत्यूस राना मगरको अध्यक्षतामा भएको  कार्यक्रममा स्वागत संस्थाकी सदस्य देवकला प्रसाईले गरेकी थिइन् ।

कार्यक्रममा पूर्व सांसद वृख प्रधान , कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, सतासी सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ,  लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष छत्र पौडेलले गरेका थिए ।

संस्थाले यस अघि दिएको तालिममा सहभागी भएर कृषिलाई व्यवसायिकी करण गरेर उन्नत जातका बीउ, बीजन प्रयोग गरी उत्पादनमा जोड दिएको भन्दै तीन जना कृषकलाई सो समारोहमा सम्मान समेत गरिएको थियो । तालिममा ६४ जनाको सहभागीता रहेको जनाइएको छ ।