झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक  बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको परिवारको उपचारकालागि आर्थिक सहयोग गरेको छ । 

संस्थाले लक्ष्मीपुर सेवा केन्द्र  सदस्य युवराज राजवंशीको आमा तालो राजवंशीको उपचारका लागि नगद ४५ हजार सहयोग गरेको हो ।  सदस्य राजवंशीको आमा तालो लामो समयदेखि स्तन क्यानसर रोगबाट पीडित छिन् । 

संस्थाको नियम तथा सामाजिक उत्त।दायित्व अन्तरर्गत पीडित राजवंशीलाई सहयोग गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले बताए । 

आज बिहिबार चारपाने स्थित रामचोकमा रहेको राजवंशीको घरमै पुगेर संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमल बस्नेत तथा लक्ष्मीपुर सेवा केन्द्र प्रमूख इन्दिरा भट्टराईले संयुक्त रुपमा बिरामी राजंवशीको स्वास्थ्यलाभको कामना गर्दै उक्त रकम प्रदान गरेका हुन् । 

राहत रकम प्राप्त पश्चात शेयर सदस्य युवराज राजवंशीले संस्था प्रति आभार प्रकट गरेका थिए । उनले आमाको उपचारकोलागि प्राप्त रकमले सहयोग पुग्ने बताए । 

त्यस्तै संस्थाले फिक्कल सेवा केन्द्र  सदस्य श्याम बहादुर राईको ५८ बर्षिय श्रीमती गौमाया राईको उपचारका लागि पनि नगद ४५ हजार सहयोग गरेको छ ।  

मृगौला तथा लिभरको उपचारका लागि श्यामबहादुर को श्रीमती गौमायाको बिर्तामोड स्थित मनमोहन  अस्पतालमा उपचार भइरहेको छ । 

संस्थाका अध्यक्ष भट्टराई तथा कार्यकारी प्रमुख बस्नेतले अस्पतालमै पुगेर बिरामीको स्वास्थ्य लाभको कामना गर्दै उक्त रकम हस्तानतरण गरेका हुन् । 

  झापा , मोरङ, इलाम तथा पाँचथर जिल्लामा गरी ५० वटा सेवाकेन्द्र मार्फत शेयर सदस्य र सदस्यका परिवारलाई सुबिधा बापत प्रसुति सुबिधा , सामान्य उपचार सुविधा र मृत्यु भएका सदस्यहरुको परिवारमा राहत सुविधा ,सहित अन्य सेवा उपलव्ध गराउंदै आएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए । 

संस्थाले चालु आर्थिक बर्षको बैशाख सम्ममा ६ सय शेयर सदस्य तथा तीनका परिवारलाई करीब ८५ लाख रुपैंया  दिर्घरोगी सदस्य मुटुरोग, क्यान्सर, मष्तिष्कघात सहित विभिन्न सेवा सुविधामा खर्च गरिसकेको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए । 

२०६७ सालमा ५५ जना शेयर सदस्यको २० लाख ५० हजार शेयर पुंजीबाट स्थापना भएको संस्थामा हाल ५८ हजार ७ सय शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुंजी हाल ३३ करोड रहेको जनाइएको छ ।