झापाको बिर्तामोड ३ स्थित मुसहर बस्तीका बालबालीकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।  बस्तीका बालबालीकालाई आज बिहिबार एक संक्षिप्त कार्यक्रमकाबिच किताब बोक्ने झोला,  कपी र  पेनसील वितरण गरिएको हो । 

साक्षरता तथा जनचेतना अभियान २०८० अन्तरर्गत बिर्तामोड वडा नम्बर ३ को संयोजन तथा सिम्रिक साकोस, इक्यान झापा, मनरमा हिमालय हेन्डिक्राफ्ट प्रा.लि र लाइफ केयर वाटरको सहयोगमा उक्त सामाग्री वितरण गरिएको हो । 

उक्त बस्तीका बालबालिका शैक्षिक सामाग्रीको अभावमा विद्यालय नजाने र किताब व्यस्थापनमा पनि कठिनाई भोगिरहेको अवस्था देखिपछि संघ संस्थाको सहयोगमा उनीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । साथै उनले सो बस्तीका  बालबालिकालाई विद्यालय पठाउन अभिभावकलाई आग्रह गरेका थिए ।  

मजदुरी गरेर जीवीका चलाउने विपन्न परिवारका बालबालिको शैक्षिक गुणस्तरमा केहि भए पनि बृद्धि गर्ने उदेश्यकासाथ उनीहरुलाई सहयोग गरिएको कार्यक्रममा सहयोगि संस्था सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई र कार्यकारी प्रमुख कमल बस्नेतले बताए । 

उनीहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा साकोसले लामो समयदेखि सहयोग गर्दै आइरहेको पनि बताए । साथै उनीहरुले स्थानीय सरकार समक्ष पनि समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

त्यस्तै सहयोग हस्तानतरण कार्यक्रममा सहयोगी संस्था  मनरमा हिमालय हेन्डिक्राफ्ट प्रा.लिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,  लाइफ केयरका सञ्चालक ओमप्रकाश महत्तो र नेपाल शैक्षिक परामर्श संघ झापाका अध्यक्ष मिलन ओलीले वडाध्यक्ष बुढाथोकीको आग्रह र अनुरोधलाई स्विकार गर्दै सहयोग गरिएको बताएका थिए । 

कार्यक्रममा मुसहर बस्तीको बिगत र बर्तमान अवस्थाका बारेमा सञ्चारकर्मी तथा स्थानीयबासी इन्द्रसिंह राजवंशीले अबगत गराएका थिए ।   कार्यक्रमको सञ्चालन इक्यानका निवर्तमान अध्यक्ष तथा बोस्टन एजुकेशन फाउण्डेशनका अध्यक्ष सुमनशर्मा जम्मर कट्टेलले गरेका थिए ।