नेपाल टुरिजम बोर्ड, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स संघ नाट्टा कोशी प्रदेशको नेतृत्वसहितको टोली भारतको असाम राज्यको गुहाटी सहर पुगेको छ ।

कोशी प्रदेशका पर्यटकिय स्थलहरूको प्रचार प्रसार गर्ने उदेश्यले नेपाल–भारत बीटुबी कार्यक्रम अन्तरर्गत टोली आज बिहिबार गुहाटी पुगेको नाटा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए  ।

जेठ ८ गते भारत प्रस्थान गरेको १५ सदस्य टोलीले पश्चिम वंगालको सिलिगुडीमा कार्यक्रम सकेर दोस्रो कार्यक्रमकालागि गुहाटी पुगेको हो । 

कोशी प्रदेश सहित देशमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रमा  भारतीय पर्यटक भित्र्याउने उदेश्य सहित भारतमा कार्यक्रममा गरिएको नाटा कोशी प्रदेशका महासचिव नविन खरेलले जानकारी दिए । अब जेठ १२ गते मेघालयको सिलोङमा कार्यक्रम आयोजना हुने जनाइएको छ ।