एबीसी नेपालको आयोजनामा झापाको बिर्तामोडमा बालबालिका माथि हुने हिंसा साथै लागु औषध दुव्र्यसन विरुद्धको एक दिने सचेतना कार्यक्रम गरिएको छ । 

बिर्तामोड २ स्थित मोहनमाया माविका  ८,९ र १०  कक्षामा अध्ययनरत  विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो ।  इलाका प्रहरी कार्यालय बिर्तामोड, सामुदायिक प्रहरी साझेदारीको सह–आयोजना तथा मोहनमाया मा.विको समन्वयमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले सहजीकरण गरेका थिए । 

कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन र यसले पार्ने नकारात्मक प्रभावका विषयमा कार्कीले प्रशिक्षण दिएका थिए ।

साथै उनले महिला हिंसा के हो? केलाई महिला हिंसा भनिन्छ? विद्यार्थीलाई लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ?  लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छन ?  लागु औषधको  कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ ?  लगायत बारेमा जानकारी सहित सचेतना प्रदान गरिएको  इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कार्कीले  बताए । 

20230526_152254

संस्थाको पाँचौ स्थापना दिवसको अवसर पारेर पछिल्लो समय  महिला हिंसा र लागु औषधका कारण समाजमा बढ्दो  घटनालाई न्यूनिकरण गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको एबीसी नेपालको झापा अध्यक्ष कन्चना ढकाल सिटौलाले बताइन् । 

उनले मानव वेचबिखन बिरुद्धको संस्था एबीसी नेपालले हरेक बर्ष बिभिन्न सामाजिक कार्य संगै सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिइन् । 

उक्त सचेतना कार्यक्रममा  प्रमुख अतिथि एबीसी नेपालको केन्द्रिय सदस्य डा. रोमी बस्नेत,  मोहनमाया माविका प्र.अ. शेरबहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघ अध्यक्ष लिलानाथ खत्री, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष देवीका बस्नेतले यस्ता सचेतनामुलक प्रशिक्षणले विद्यार्थीलाई फाइदा पुग्ने भन्दै आयोजकलाई धन्यबाद दिएका थिए । 

साथै उनीहरुले यस्ताका किसीमका कार्यक्रमले घटना घट्नु अघि नै विद्यार्थीलाई सचेत बन्न मदत पुग्ने बताएका थिए । प्राप्त गरेको ज्ञान अन्य लाई बांढ्न पनि आग्रह गरिएको थियो । एबीसी नेपालको झापा उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुस्मा पौडेलले गरेकी थिइन ।