बिर्तामोड– साहित्यकार विजय खरेलको कृति नेपाली झर्रा शब्द सङ्ग्रह बिमोचन भएको छ । साहित्य चौतारी झापाको मासिक साङ्गीतिक काव्य सभाको अवसरमा शनिबार शब्द सङ्ग्रह बिमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार चूडामणि रेग्मीले शब्द सङ्ग्रह बिमोचन गरेका हुन् । कार्यक्रममा साहित्यकार तथा वरिष्ठ अधिवक्ता लीला उदासीको मेरो लिम्पियाधुरा नामक कविता सङ्ग्रहको परिचर्चा गरिएको छ ।

साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले अग्रज साहित्यकारहरुको कृति विमोचन र चर्चा परिचर्चा गर्न पाउँदा साहित्य चौतारी परिवार हर्षित भएको बताए ।

शब्द संग्रहका विषयमा साहित्यकार होम सुवेदीले चर्चा गरेका छन् । शव्द संग्रहमा नेपाली भाषाका झर्रो शब्दहरू राखिएका छन् ।

लिक शब्दलाई जीवन्त राख्ने गरी यो कृति तयार भएको साहित्यकार सुवेदीले बताए । यद्यपि, धेरै शब्द छुटेका छन् । साहित्यकार खरेलका अनुसार शब्द सङ्ग्रहमा ३० हजार दुई सय ४० शब्द समेटिएका छन् ।

साहित्यकार उदासीका अनुसार कविता सङ्ग्रहमा ३३ वटा कविता संग्रहित छन् ‌। कार्यक्रममा उदासीले मेरो लिम्पियाधुरा नामक कविता वाचन गरेर सुनाए । उदासीको कविता सङ्ग्रहमाथि साहित्यकार पुन्यप्रसाद खरेलले परिचर्चा गरेका छन् ।