बिर्तामोड : झापा जिल्ला सहकारी संघ लिमिटेडले जिल्ला प्रशासन कार्यालयसमक्ष शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

झापामा रहेका सहकारी संघसंस्था र लघुवित्त सेवा प्रदायक संघसंस्था माथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने, कर्मचारीहरुलाई हातपात गर्ने र कार्यालय तोडफोड गर्ने ,गराउने जस्ता क्रियाकलापहरु सञ्चालन गर्ने गरेको भन्दै संघले सुरक्षा माग गर्दै आज आईतबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापनपत्र  बुझाएको हो । 

संघका अध्यक्ष गणेश ढकालको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानी दंगाल, सहसचिव कृष्ण मिश्र लगायतले प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन् ।

त्यस्तै, त्यस्ता व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याई अविलम्ब कारबाही प्रक्रिया अघि बढाउन संघले आग्रह गरेको छ ।