काठमाडौँ — मनाङ मर्स्याङ्दीले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा आइतबार थ्रीस्टारलाई १–० ले हराएको छ । यो जितले मनाङलाई धेरै राहत दिनेछ र रेलिगेसन तनाव कम भएको छ । सातदोबाटोमा भएको खेलमा मनाङका लागि चेतनकुमार थारुले ३८ औं मिनेटमा निर्णायक गोल गरे ।
जितपछि मनाङको २८ अंक भएको छ । लगातार सात खेलको बराबरीपछि मनाङको यो पहिलो जित हो र यससँगै दसौं स्थानमा उक्लेको छ । थ्रीस्टार भने २६ अंकमै सीमित रह्यो र ११ औं स्थानमा झरेको छ ।
च्यासलमा भएको खेलमा भने एनआरटीले सातदोबाटोलाई २–१ ले हरायो । एनआरटीका लागि निकोलससँग र सनम लिम्बूले गोल गरे । सातदोबाटोका लागि शिव सुवेदीले १ गोल फर्काए । यो जितपछि एनआरटीको २९ अंक भएको छ र आठौंमा उक्लेको छ ।
सातदोबाटो भने २९ अंकमा रहेर छैटौं स्थानमा छ । ekantipur.com