झापा  : नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) को झापा शाखा स्थापना भएको छ ।  मंगलबार बिर्तामोडमा एक समारोहका बिच झापाली युवा व्यवसायीहरूको छाता संगठन नेपाली युवा उद्यमी मञ्च  झापा शाखा स्थापना गरिएको हो । 

बिर्तामोडका युवा व्यवसायी प्रवेश बस्नेतको अध्यक्षतामा  च्याप्टरको  ११ सदस्यीय झापा जिल्ला तदर्थ समिति  गठन भएको छ । 

नव गठित समितिमा प्रथम उपाध्यक्ष डा. रूपेश बेलबासे, दृतिय उपाध्यक्ष गणेश पौडेल, सचिव आयुष बजगाईँ, कोषाध्यक्ष मनिष साहेवाला चयन भएका  छन् । 

त्यसैगरी मेम्बरसिप चियर सुरज चौधरी, महिला सशक्तिकरण चियर प्रियङ्का शर्मा, मिडिया चियर मिजास पोखरेल, इनटरनेशनल चियर डा. आशिष शर्मा,  एलाइन्स चियर निरज प्रसाई, लडनिङ चियर उत्सव उप्रेती रहेका छन्  । 

युवा उद्यमी मञ्चमा जिल्लाका ३७ व्यवसायी युवाहरु आवद्ध छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष बस्नेतले 

युवा व्यवसायीहरुको व्यवसाय पबद्धनमा काम गर्ने र  उद्यमशीलतामा जोड दिदै मञ्चको मूल्य मान्यता अनुसार लक्ष्य प्राप्तिमा एकवद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

युवा व्यवसायीलाई व्यवसायिक क्षमतामा अभिवृद्धि, सकारात्मक व्यापार सोच र सशक्तीकरणको लक्ष्य सहित मञ्चको झापा शाखा गठन गरिएको नवनिर्वाचित दृतिय उपाध्यक्ष गणेश पौडेलले जानकारी दिए । 

grup uuuu

सन् २००३ मा स्थापना भएको मञ्चमा देश भरिमा ११ वटा शाखा रहेका छन् । 

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्धय मनिस झा, हरि ढकाल, नेपाली उद्यमी मञ्चका केन्द्रिय अध्यक्ष  रितेश लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेशका नि वर्तमान अध्यक्ष टिकाराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, महिला उद्यमी सुष्मा भण्डारी, सहारा जोशी लगायतले मन्तव्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन महिला सशक्तिकरण चियर प्रियङ्का शर्माले गरेकी थिइन ।

कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष महेश पौडेल, सामाजिक ब्यक्तित्व तथा व्यवसायीहरु बिनोद बस्नेत, उमेश डालमिया, दिपेश ढकाल , मिलन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।