राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतिय दुतावास लैनचउरमा विरोध प्रर्दशन गरेको छ । संगठनले भारतको नयाँ संसद भवनमा राखिएको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु लगायतका भुभागलाई समेटेको भन्दै विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले नक्साबाट नेपाली भूभाग तत्काल हटाउन दूतावासको ध्यानाकर्षण गराएका छन् । उनीहरुले नक्साबाट नेपाली भूमी नहटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।
यसअघि पनि भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि त्यसको तीब्र विरोध भएको थियो । भारतले जारी गरेको नक्शाको चौतफी विरोध भईरहँदा पनि नेपाल सरकारले भने अहिलेसम्म भारतसमक्ष नक्समा राखिएको भूभाग हटाउन कुनै पहल गरेको छैन ।