बटुवा र यात्रुलाई लक्षित गर्दै बिर्तामोड मुक्ति चोक स्थित दुर्गा मन्दिरमा शनिबारबाट सुरु गरिएको निशुल्क सर्वत पानी बितरण कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
बिर्तामोड १ स्थित भगवान चोकमा रहेको पाँचतारे होटल द किङ्स बरी र सेभेन हर्स क्यासीनोले शनिबारदेखि निशुल्क चिसो सर्वत पानी तथा खाजा बितरणलाई आज आइतबार दोस्रो दिन पनि निरन्तरता दिइएको हो । ।
हरेक प्राणीका लागि पानी अत्यावश्यक भए पनि बजार क्षेत्रमा बटुवा तथा यात्रुले सहज रुपमा पानी पीउन नपाउने भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै निःशुल्क चिसो सर्वत पानी तथा खाजा वितरणको अभियान थालिएको र सो अभियानलाई गर्मी निरन्तर बढिरहेकाले निरन्तरता दिइएको होटल द किङ्स बरीका सञ्चालक प्रकाश गौतमले जानकारी दिए ।
अत्याधिक गर्मी बढेपछि पानीको प्यास लागेका सबैलाई निशुल्क सर्वत , शुद्ध जारको पानीसहित खाजा बितरण अभियानलाई निरन्तरता दिइएको होटलका अप्रेशन मेनेजर विश्वदेव ढुङ्गेलले जानकारी दिए । उनले यो अभियान बिहिबार सम्म चल्ने बताए ।
आज दोस्रो दिन झण्डै ४ हजार भन्दा माथि यात्रु तथा बटुवाले पानी पिएका थिए । होटलले राम्रो कामको सुरुवात गरेको भन्दै बटुवा तथा व्यवसायीले प्रसंशा गरेका छन् ।