विश्व वातावरण दिवस २०८० को अवसरमा होटल व्यवसायी संघ झापाले आज सोमबार बिर्तामोड स्थित बसपार्कमा  वृक्षरोपण गरेको छ । 

अर्जुनधारा वडा नम्बर ११ का वडाध्यक्ष खगेन्द्र ङग्नामको प्रमुख आतिथ्यता  तथा होटल व्यवसायी संघ झापाको अध्यक्ष इन्दिरा श्रेष्ठ, महासचिव शिव पौडेल सहितको सहभागितामा फलफूल लगायत विभिन्न जातका ३ सय वटा बोटविरुवा रोपिएको हो । साथै सो अवसरमा सरसफाई समेत गरिएको थियो । 

विश्व वातावरण दिवसको शुभकामना दिँदै संघको अध्यक्ष इन्दिरा श्रेष्ठले  बजार लगायतका क्षेत्रहरूमा बढी भन्दा बढी वृक्षा रोपी सो क्षेत्रहरूलाई हराभरा र स्वच्छ वातावरण बनाउने उदेश्य सहित सामाजिक दायित्व अन्तरर्गत सो कार्यक्रम गरिएको बताइन् । 

बिर्तामोड तथा अर्जुनधारा नगरपालिकाको सहयोग तथा संरक्षकमा भएको कार्यक्रममा होटल व्यवसायीहरु, संघका पदाधिकारी  इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्की सहितको टोली, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

उक्त विरुवा  मेचीनगर– ४ का वडाध्यक्ष अर्जुन कार्की र ग्रीन जेनेरेशन झापाले उपलब्ध गराएको होटल ब्यवसायी संघ झापाका महासचिव शिव पौडेलले जानकारी दिए ।