विश्व वातावरण दिवसको अवसरमा बिर्तामोड स्थित न्यूटन्स् एजुकेशन फाउण्डेशनका विद्यार्थीले साइकल ¥याली  गरेका छन् । वातावरण दिवसको अवसरमा  न्यूटन्स् बाल क्लबले आज सोमबार बिर्तामोडमा साइकल ¥र्यालीको आयोजना गरेको हो ।  

मुक्ति चोकदेखि बिर्ताबजार स्थित मेची आँखा अस्पताल सम्म साइकल ¥याली गरिएको हो । ¥याली बिर्तामोड नगरपालिकामा आए पश्चात कोणसभामा परिणत भएको थियो । 

pic nnn

बिर्तामोड नगर उप प्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकाले सचेतनामूलक साइकल ¥र्याली  तथा कोणसभा गर्दै बाताबरण मैत्री बन्न आग्रह गरेका थिए ।  

 बिर्तामोड नगरपालिकालाई सुन्दर,सफा, स्वच्छ, हरियाली र प्लाष्टिकमुक्त क्षेत्र बनाउन न्यूटन्स् बाल क्लबको आह्वानमा साइकल ¥यालीको आयोजना गरिएको न्यूटन्स् एजुकेशन फाउण्डेशनका प्रधानाध्यापक देबेन्द्र हुमागांईले बताए । 

बिर्तामोड परिक्रमा पश्चात्  प्ले कार्ड सहित उपस्थित भएका बालबालिकाले नगर उप–प्रमुख संग्रौलालाई ब्यानर हस्तान्तरण गरेका थिए । 

 क्लबका सचिव संस्कार भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला ,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले विश्व वातावरण दिवसको महत्वका बारेमा प्रकाश पारेका थिए । 

बाल क्लबका फोकल पर्सन मिनु शिवाकोटीले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक देवेन्द्र हुमागाईंले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए ।

 कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका बिनोद दाहाल ,नगरपालिका पुर्व कर्मचारी देवराज कार्की सहित कक्षा ७ देखि १० सम्मका विद्यार्थीको सहभागीता रहेको बालबालिका तथा शिक्षा सञ्चार मन्चका संयोजक सरोज पौडेलले जानकारी दिए ।