मेवाइल व्यवसायीका समस्या र समाधानका उपायहरु बिषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

मोवाइल व्यवसायीहरुको छाता संगठन मोवाइल एशोसिएसन बिर्तामोडको आयोजनामा आज सोमबार व्यवसायी सहित सरोकारवाला निकायसंग अन्तरक्रिया गरेको  हो ।

बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण सहित  मर्मत गर्ने व्यवसायीहरुको समस्या समाधान गर्ने हेतुले अन्तरक्रिया कार्यक्रम गरिएको एशोसिएसनका अध्यक्ष युवराज निरौलाले बताए ।

आर्थिक मन्दीका कारण मोबाइल ब्यवसायीहरु धेरै नै मारमा परेको उनले बताए ।

उनले  मोवाइलको अवैध आयात बढेको र यसले व्यवसायी र राज्य दुबैलाई घाटा रहेको बताउंदै यसलाई राज्यले नियन्त्रण गर्नु पर्ने बताए ।

 कार्यक्रमको औचित्माथी प्रकाश पार्दै उनले  आर्थिक अवस्थामा सुधार नहुन्जेल व्यवसायीलाई  २५ प्रतिशत सम्म कोठा भाडामा छुट गर्ने ब्यवस्था मिलाइदिन बिर्तामोड उद्योग वाणिज्य संघलाई आग्रह समेत गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले ब्यवसायीहरुको जिज्ञासाको जवाफ दिनुका साथै कानुनका बिषयमा जानकारी दिएका थिए ।

साथै उनले पछिल्लो समय बिर्तामोड क्षेत्रबाट धेरै नै मोवाइल फोन चोरी हुंदै गएको बताए ।

बजार मुल्य भन्दा कममा नचिनेका ब्यक्तिहरुबाट ल्याइएका  सेकेन्ड ह्यान्ड’ मोबाइल फोन नकिन्नव्यवसायीलाई डिएसपी कार्कीले  आग्रह गरेका छन् ।

नाफा बढी हुने लोभमा चोरीका फोन किन्दा कानुनी झन्झटमा परिने र प्रहरीको अनुसन्धानमा तानीने हुंदा व्यवसायीलाई यस तर्फ सचेत रहन उनले आग्रह गरे ।  

उनले फोन बिक्री गर्ने ब्यक्तिको  पहिचान गरेर मात्र खरिद गर्नुपर्ने,  र पुराना मोबाइल खरिद गर्दा पनि उचित मूल्य दिनु पर्ने तथा बिक्री गर्ने ब्यक्ति उपर शंका लागे प्रहरीलाई खवर गर्न समेत व्यवसायीलाई सुझाब दिए ।

मोबाइल डिलर एशोसिएसन कोशी प्रदेश अध्यक्ष हरि उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्वागत  एशोसिएसनका सचिव संजय साहले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई,  कम्प्युटर एशोसिएसन अफ नेपाल झापा अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल मोबाईल ब्यवसयाी महासंघ कोशी प्रदेश सचिव शिव खतिवडा लगायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गोपाल काफ्लेले गरेका थिए ।