विश्व वातावरण दिवसको अवसरमा वीरता लेडी जेसीजले बिर्तामोडमा सरसफाईसहित रुख विरुवाको गोडमेल गरेको छ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ सोमबार यो दिवस मनाइएको छ ।
वीरता लेडी जेसीजको आयोजना तथा इलाका प्रहरी कार्यलय अनारमनीको सह–आयोजनामा मुक्तिचोकमा रहेको रुखबिरुवाको गोडमेल तथा लेडी जेसीजको भवनमा वृक्षरोपण गरी मनाइएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले जानकाारी दिइन् ।

वीरता लेडी जेसीजको वातावरण विभागले आयोजना गरेको कार्यक्रममा इलाक प्रहरी अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष सारदा रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी निरीक्षक प्रविन जोशी ज्ञवाली, इलाम–झापाा मैत्री समाजकी अध्यक्ष तिलोतमा खत्री लगायतको आतिथ्य रहेको थियो ।
वीरता लेडी जेसीजका आवद्ध महिला तथा जनपथ प्रहरी, ट्राफिक प्रहरीका साथै सर्वसाधाचरणले बिर्ताामोड क्षेत्रको सरसफाईका साथै विरुवा गोडमेल गरेका थिए । वीरता लेडी जेसीजकी अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव निशा शाक्यले गरेकी थिइन् ।