झापाको कनकाई नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गरेको छ ।

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई बुधबार एक कार्यक्रमकाबिच धनीपूर्जा वितरण गरेकी हुन् । 

मन्त्री चौधरीले कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गा धनीपूर्जा प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । 

कनकाई–५ का २२ र कनकाई–८ का छ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए । 

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला , उपाध्यक्ष महेन्द्र खड्का राष्ट्रिय भूमि आयोगका झापा अध्यक्ष तिलकसिंह पाण्डे , झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा नगरप्रमुख पोखरेलले राज्यको नीतिका कारण धनीपूर्जा वितरणमा समस्या हुँदा आमनागरिक निरन्तर रुमलिएर पीडामा रहनु परेको बताएका थिए ।  

नगरले दुई वर्ष अघि नै तथ्यांक संकलन सकेको बताउँदै उहाँले सात हजार कित्ता धनीपूर्जा बाड्नुपर्नेमा मुस्किलले ५५ वटा धनीपूर्जा बाँड्न सकिएको बताए । 

नगरप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासकीय अधिकृत विवेक भण्डारीले गरेका थिए । नगरपालिकाका भूमि सर्वेक्षक प्रमुख दिवस ओलीले नगर क्षेत्रमा हालसम्म भएका कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए ।