यामाहा नेपालले बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ ।
आज शुक्रबार एक कार्यक्रमका बीच झापाको बिर्तामोडमा रहेको यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकले उक्त स्कुटर सार्वजनिक गरेको हो ।

एक समारोहका बिच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सयपत्री ट्रेडलिंकका सञ्चालक विनोद बस्नेत र एमएडब्ल्यु यामाहाका क्षेत्रीय बिक्री प्रबन्धक कुन्दन भण्डारीले संयुक्त रुपमा हाइब्रिड स्कुटर सार्वजनिक गरेका हुन् ।
विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्नका लागि रे जेडआर १२५ हाइब्रिडमा स्टान्डर्ड, डिलक्स र प्रिमियम÷प्रिमियम प्लस गरी चार ट्रिमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

_1736908732.jpg)
रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड एफइ १२५ सिसी ब्लु कोर इन्जिन रहेको सञ्चालक बस्नेतले बताए ।

रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको, पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र मानकको रूपमा एलइडी हेडल्याम्पले सुसज्जित रहेको जनाइएको छ । जसका कारण सवारी चालकहरूको लागि अधिकतम भिजिबलिटी र सुविधा सुनिश्चित गर्दछ ।
स्कुटरमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्राममा उल्लेखनीय रूपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन र २१ लिटर अन्डर–सिट भण्डारण जस्ता सुविधाहरू छन् ।
नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर हाइब्रिड लन्च गर्न पाउँदा यामाहा नेपालले गौरव महसुस गरेको बस्नेतको भनाई छ ।
रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँबाट सुरु हुने बस्नेतले जानकारी दिए ।