राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा हुने सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पु¥याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा लामिछानेले रास्वपालाई जनताले मन पराएपछि अन्य दलहरुले घेराबन्दी गरिरहेको आरोप लगाएका हुन् । उनले दलहरुको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने पनि बताए ।

उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा संसदमा रहेका दलहरुले अकर्मण्यता देखाएपनि आफ्नो पार्टीले विरोध गरेको उल्लेख गरे । उनले आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट त्यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको पनि स्पष्ट पारे ।

सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रुपमा लिएका मुद्दालाई नछोड्ने बताउँदै २०८४ मा सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि काम थालिसकेको पनि दाबी गरे ।