ईलाका प्रहरी कार्यालय कुमरखोद  झापाको नव निर्मित भवनको उद्धघाटन गरिएको छ । आज सोमबार एक कार्यक्रमकाबिच  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले शिलालेख अनावरण गरी भवनको उद्धघाटन गरेका हुन् । 

नव निर्मित भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस अघि जिर्ण भवनमा कष्टका साथ बसेर सेवा प्रवाह गर्दै आएका प्रहरीलाई नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप सहयोग पुग्ने बताए । साथै उनले काम गर्ने प्रहरीमा मनोवल बृद्धि हुनु विश्वास ब्यक्त गरेका थिए ।

351475027_621483009924433_5872122920740496680_n 

 कार्यक्रममा प्रमुख अतिथी बास्तोलाले जग्गा दाता स्थानिय चन्द्रमाया कार्कीलाई सम्मान पत्र तथा प्रशंसा पत्रले सम्मान गरेका थिए ।  प्रदेश सरकारबाट बिनियोजित २ करोड ३५ लाख ८० हजार १ सय ६२ रुपैयाको लागतमा साढे २ तले कार्यालय भवन, भान्साघर र शौचालयको निर्माण गरिएको जनाइएको छ । 

353999077_1674742289615338_652422683053744901_n

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विश्वमणी बराल , झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वाटर भद्रपुर झापाका प्रमुख  देवराज अर्याल, आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रमुख सुवप्रसाद रिजाल  सहित जन प्रतिनिधि सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।