काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन् । नागरिकता विधेयक जारी नभएको भन्दै आज दिउसो एक ब्यक्तिले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
ती व्यक्तिलाई प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टरमा पठाएको छ । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने व्यक्तिले पूरा विवरण खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।
नागरिकता विहीनलाई तत्काल नागरिकता वितरणको माग गर्दै केही दिनदेखि माइतीघर मण्डलमा प्रदर्शन हुँदै आएको छ ।