जिल्ला प्रहरी कार्यालय धनुषाले महिलाको विभत्स हत्या गरी पोखरीको छेउमा गाडेर फरार रहेका व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले महिलाको हत्या गरि शव गाडने बारा कलैया नगरपालिका १८ का २२ का ओमलाल मण्डललाई नियन्त्रणमा लिएको हो । मण्डलले गत जेठ २८ गते मिथिलाबिहारी कि ४२ की उषा दासको हत्या गरेर शव गाडेको बयान प्रहरीलाई दिएका छन ।
ओमलाल मण्डल र उषा दासबीच अनैतिक सम्बन्ध रहेको र महिलाले विवाह गर्न दबाब दिएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले मृतकको कपडा र शव गाड्न खाल्डो खन्न प्रयोग भएको बेल्चा समेत बरामद गरेको छ ।