नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले प्रदेश १ को नामाङ्कनको सवाललाई बार्ता र सम्वादको माध्यमबाट अविलम्ब सम्वोधन गर्न माग गरेको छ ।
कोशी प्रदेश खारेजीको आन्दोलनलाई प्रदेश सरकारले गैर जिम्मेवार पूर्वक मुकदर्शक बनेर हेरेको आरोप समेत पार्टी लगाएको छ । आज विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा जनाएको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा कोशी नाम खारेजी आन्दोलन परिचालन समितिका संयोजक धनवहादुर पन्धाकले नामाङ्कनको सवालमा पहिचनाबादी पार्टीको भइरहेको आन्दोलनलाई सरकारले नै दबाउन खोजेको आरोप लगाए । कोशी प्रदेश खारेजीको आन्दोलनलाई थप हिंस्रक बनाउन उद्यत गरेकोप्रति पार्टीले घोर निन्दा र भत्सना समेत गरेको छ ।
पार्टीको आग्रहलाई वेवास्ता गरे थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरी शसक्त आन्दोलन गर्ने पार्टीले चेतावनी समेत दिएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सचिव त्रिनारायण राजवंशी, केन्द्रिय सदस्य भबीराज लिम्बु, तेह«थुम अध्यक्ष बिजय निङलेखुलगायतको उपस्थिति रहेको थियो ।