इलाम ः इलामको सुर्योदय नगरपालिकामा वृति परामर्श तथा रोजगार मेलाको आयोजना गरिएको छ ।   सुर्योदय नगर उद्योग वाणिज्य संघको आयोजना र सुर्योदय नगरपालिकाको आर्थिक सहयोगमा आज बिहिबार एक दिने मेला लागेको हो । 

झापाको बिर्तामोड स्थित पाँचतारे होटल द किङ्स बेरीको समन्वय भएको  उक्त मेलाको प्राविधिक सहयोग हेल्भेटास नेपालले गरेको थियो । 

नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली” र पाँच लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पु¥याउने उद्देश्य लिई नगरले उक्त क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग÷व्यवसाय, बंैकिङ्ग, पर्यटन, होटल व्यवसायलगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पु¥याउने हेतुले आयोजना गरेको “वृत्ति परामर्श तथा रोजगार मेला” को आयोजना गरिएको नगर प्रमुख रण बहादुर राईले बताए । 

बेरोजगार युवायुवतीलाई आवश्यक सीप र तालिमको अवसर दिँदै रोजगार बनाउने ‘प्लेटफर्म’ को रुपमा आयोजित  मेलामा सहयोग पु¥याउन  होटल द किङ्स बेरीले पनि नगरको अनुरोधमा सहभागिता जनाएको होटलका सञ्चालक प्रकाश गौतमले बताए ।  


ग्रामीण क्षेत्रमा रहेका विपन्न समुदायका स्वरोजगार बन्न चाहने तथा रोजगारीका लागि योग्य युवालाई अवसर दिने उदेश्य सहित मेलामा समन्वय गरिएको होटलका सञ्चालक गौतमले जानकारी दिए । 

बेरोजगार नगरवासी युवायुवतीलाई रोजगारी दिलाउन तथा अदक्ष जनशक्तिलाई तालिम र सीप सिकाएर दक्ष बनाई स्वरोजगार बनाउन यस्ता मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने पनि सञ्चालक गौतमको भनाई छ ।  

मेलामा सहभागि रोजगारी पाउन र स्वरोजगार बन्न  इच्छुक १० जनालाई  ३ महिना निशुल्क तालिम सहित रोजगारी दिने होटलका अप्रेशन मेनेजर विश्वदेब ढुङ्गेलले जानकारी दिए । उनले होटल प्रशासनले खोजेका १० जना युवा छनोटमा परेको बताए । आवश्यक सीप र तालिम लिन चाहनेलाई पनि होटलले सहयोग गर्दै आइरहेको बताए ।