यामाहा रे जेटआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिता सम्पन्न भएको छ । विहिबार बिर्तामोड स्थित यामाहाको आधाकारीक बिक्रेता सयपत्री ट्रेडलिंकको आयोजनामा  प्रतियोगिताको गरिएको हो ।  

स्कुटरले दिने माइलेजको अवस्था र  प्रयोगकर्ताहरूको प्रतिकृया बुझ्ने उद्देश्यले माइलेज च्यालेन्जिङ प्रतियोगिताको आयोजना गरिएको ट्रेडलिंकका सञ्चालक  बिनोद बस्नेतले जानकारी दिए । 

प्रतियोगितामा २२ जना रे जेट आर स्कुटर प्रयोगकर्ता महिला तथा पुरुषहरूको सहभागिता रहेको ट्रेडलिंकका व्यवस्थापक पुस्कर अधिकारीले बताए ।   प्रतियोगितामा प्रथम भोजराज शिवाकोटी , दोस्रो विष्णु गिरी र तेस्रो कल्पना भण्डारी  बनेका छन् ।

स्कुट चलाउने तरिकाको आधारमा माइलेज निर्धारण हुने कम्पनीले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुने शिवाकोटीले  चलाएको स्कुटरले एक लिटर पेट्रोल खपत हुँदा ८१ किलो मिटर , दोस्रो हुने गिरीले ७६ र तेस्रो हुने भण्डारीले चलाएको स्कुटरले एक लिटर पेट्रोल बराबर ७४ किलो मिटर माइलेज दिएको पनि उनले जानकारी दिए । 

कम दूरीमा प्रतियोगिता आयोजना गरिएकोले प्राविधिकहरूले ट्याङ्कीमा स्केल राखेर माइलेज मापन गरेका थिए ।  बिर्तामोड यामाहा सोरुम बाट सुरु भएको स्कुटर राईड माइधार हुँदै दोमुखा पुगेर टुङ्गिएको थियो ।

बिजेताहरूलाई एमएडब्लुका कुन्दन भण्डारी,  इन्जिनियर नाथुनी साह, सयपत्रीका बिक्री प्रबन्धक आकाश आचार्यले सहभागिलाई पुरस्कार वितरण गरेका थिए ।