बिर्तामोड नगरपालिकाले आयोजना गरेको गणित प्रर्दशनी अन्तर्गत बौद्विक प्रतिभा प्रर्दशनी प्रतियोगितामा मोहनमाया मावि प्रथम भएको छ ।

नगरस्तरिय प्रतियोगिता अन्र्तगत माध्यमिक तह तर्फको प्रतिभा प्रर्दशनीमा मोहनमाया प्रथम भएको हो । यसैगरी माध्यमिक तर्फ नै कन्काई वोर्डिङ स्कुल द्वितीय, महेन्द्ररत्न मावि तृतीय र कञ्चनजंघा अंग्रेजी वोर्डिङ सान्तवना भएका छन् ।

प्रतियोगिताको आधारभुत तह तर्फ देवी मावि प्रथम भएको छ । यसै तहमा  महेन्द्ररत्न मावि द्वितीय, कनकाई वोर्डिङ तृतीय र ग्लोरी अंग्रेजी  स्कुल सान्तवा भएका छन् ।

प्रतियोगिता अन्तर्गत दुवै तहका विजयी विद्यार्थीहरुलाई क्रमश प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई नगद छ हजार, चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

नगरपालिकाले आधारभुत तहको वालवालिकाहरुको लागि गायन प्रतियोगिता समेतको आयोजना गरेको थियो । यस प्रतियोगितामा मोहनमायाका अनुकुल निरौला प्रथम, न्युटन्सका रवि पाठक द्वितीय, कञ्चनजंघा अंग्रेजी स्कुलका रोजी शेखा तृतीय र दुर्गा माविका समिर अधिकारी सान्तवना भएका छन् ।

यस्तै कविता प्रतियोगितामा महेन्द्र रत्न माविका रोशिका सिलवाल प्रथम, वीर अमरसिंह माविका प्रकाश निरौला द्वितीय, एसेन्ट एकेडेमीकी प्रिया भण्डारी तृतीय र न्युटन्स एजुकेशन एकाडेमीका गृष्मादेश प्रसाई सान्तवना भएका छन् । यस्तै निवन्ध प्रतियोगितामा महेन्द्ररत्न माविकी तृष्णा भट्टराई प्रथम, न्युटन्स एजुकेशनका इनुषा लिम्बु द्वितीय, न्युटन्स कै संस्कार भट्टराई तृतीय र ग्लोरी स्कुलकी सरु मगर सान्तवना भए ।

गायन, कविता र निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरु क्रमश प्रथम, द्वितीय, तृतीय र सान्तवनाले नगद चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

नगरपालिकाको शिक्षा शाखाले वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिताको आयोजना गरेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनु भयो । महेन्द्र रत्न माविमा आयोजित कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पुरस्कार हस्तान्तरण गर्नु भयो ।