क्यानडाको जनसंख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ सम्मको तथ्याङ्कअनुसार त्यहाँको कुल जनसंख्या ४ करोड पुगेको छ । सन् २०२२ मा क्यानाडालीहरूको संख्या १० लाख ५० हजार एक सय १० ले बढेको छ । यो संख्या क्यानाडाको इतिहासमा नै बढीभन्दा बढी हो ।

जनसंख्याको वार्षिक वृद्धि दर बढेर २ दशमलव ७ प्रतिशत पुगेको छ । जनसंख्या वृद्धिका लागि अन्तर्राष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ ।

जनसङ्ख्या वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रहे क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ ।